
धार्चे पहिरो अपडेट : ६ दिनपछि फेला प¥यो परियारको शव
गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता २४ बर्षीय रमेश परियारको शव ६ दिनपछि फेला परेको छ । पहिरो गएको स्थानदेखि दु्ई किलोमिटर तल रेशा खोलामा शुक्रवार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
परियार आरुघाट गाउँपालिका–८ लामागाउँका हुन् ।
यही साउन १३ गते आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ट्याक्टर चालकको रुपमा काम गर्ने परियार वेपत्ता भएका थिए ।
अन्य चार जनाको शव भने यसअघि नै फेला परिसकेको थियो । परियारको शव भने शुक्रवार फेला परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।




