
ईटवानको ४५ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले आफ्नो ४५औ स्थापना दिबस मनाएको छ । संगठनले सो अवसरमा आइतबार बिहान ट्याक्सीपार्क, बसपार्क, घ्यापेसाल बसपार्क लगायतका क्षेत्रहरुको सरसफाइ गरी साँझ दीप प्रज्वलन गरिएको थियो ।
संगठनको जिल्ला अध्यक्ष रामबहादुर सुनारको अध्यक्षता तथा नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)का जिल्ला अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष तथा एमालेका युवा नेता दिनेश तमुलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




