| मङ्लबार, कार्तिक २४, २०८३

फ्रेन्ड्स अफ सिङ्लाद्वारा शैचालयका सामग्री सहयोग


चुमनुब्री गाउँपालिका वडा नं. ३ भालुवनको २४ घरधुरीलाई शौचालयका सामग्री वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच फ्रेन्ड्स अफ सिङ्ला फाउण्डेशनले शैचालयका सामग्री सहयोग गरेका हो ।


यसअघि सो संस्थाले नै सो गाउँका २४ घरधुरीमा शौचालय निर्माण गरिदिएको वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए । ‘यहाँ ट्वाइलेट थिएन, उहाँहरुले नै पहिला ट्वाइलेट बनाई दिनु भएको हो,’ उनले भने, ‘अहिले गाउँलेहरुको सरसफाईमा ध्यान पुगोस् भनेर ट्वाइलेटमा आवश्यक पर्ने सामग्रीहरु पनि दिनु भएको छ ।’ पम्प, हार्पिक, ब्रस, जग र बाल्टिन लगायतको सामग्री सहयोग स्वारुप प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्