| बुधबार, कार्तिक २५, २०८३

समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने महासचिव गुरुङको भनाइ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देश बिकासका लागी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताए । १७ औ गणतन्त्र दिवसको अवसरमा मंगलवार आयोजित ‘नेपालको गणतन्त्रः सुदृढीकरण र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘देश बिकासका लागी पुर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ’, उनले भने, ‘विधिमा सहभागीता खोजेर अगाडी बढे मात्र गणतन्त्रको रक्षा गर्न सकिन्छ ।’ देश अत्यावश्यक वस्तुहरुमा आत्मर्निभर हुन जरुरी समेत रहेको उनले बताए । ‘नेपाल अति आवश्यक वस्तुहरुमा आत्मर्निभर नभए गणतन्त्र त के देशै नरहला भन्न सकिँदैन्’, उनले भने । १७ औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल बुद्धिजीवि संगठन जिल्ला समन्वय समिति गोरखाले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा संगठनका सल्लाहकार एवं अधिवक्ता यादव प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा राष्ट्रिय वुद्धिजीवि परिषदका अध्यक्ष रमेश अधिकारी, मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य सुनिल अर्यालले टिप्पणी गरेका थिए ।

टिप्पणीकर्ताहरुले गणतन्त्रका चुनौतीहरुको विषयमा आफ्नो धारणा समेत व्यक्त गरेका थिए । समितिका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका महासचिव गुरुङ, नेपाल बुद्धिजीवि संगठन केन्द्रीय कार्यालय सदस्य लक्ष्मीप्रसाद पण्डित लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्