| बुधबार, कार्तिक २५, २०८३

अनेरास्ववियु गोरखाको अध्यक्षमा मालबुल

अनेरास्ववियु गोरखाको १५ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले दिपेन्द्र मालबुलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा कुशल कट्टेल, सचिवमा राजाराम बोहरा, सहसचिवहरुमा सुरेन्द्र थापा, कुमार नेपाली, सरिता बिक र कोषाध्यक्षमा प्रतिमा बाँनिया चयन भएका छन् ।

मालबुलको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय सचिव एवं प्रवक्ता प्रकाश पौडेललको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य हरि भट्ट, एमाले गोरखाका सचिव काजीराम रोका, अखिल नेपाल महिला संघ गोरखाकी अध्यक्ष पार्वती पाठक, अनेरास्ववियुका स्थायी कमिटी सदस्य सुजन बाँनिया, विजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रविन श्रेष्ठ, जिफन्ट गोरखाका अध्यक्ष सुमन श्रेष्ठ, एमाले गोरखाका इन्चार्ज सुजन देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्