| मङ्लबार, कार्तिक २४, २०८३

पर्यटन प्रवद्र्धनका लागी मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा

मकवानपुर जिल्लाको मकवानपुरगढीदेखि गोरखा दरवारसम्म साइकल यात्रा भएको छ । २५६७ औ बुद्ध जयन्तीको अवसर पारेर गरिएको यात्रामा हेटौँडाको हिमालयन राइडर्स सोसाइटीले यात्रा गरेको हो ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य नेतृत्वको टोलीमा १२ जना सहभागी थिए । ‘बिहीवार मकवानपुरगढी बाट यात्रा सुरु गरेर आँवुखैरेनी आएर बस्यौ,’ आचार्यले भने, ‘भोलिपल्ट गोरखा दरवार पुगेर यात्रा टुंग्यायौ ।’ गोरखा दरवारमा आफूहरुलाई स्वागतसँगै गोरखा दरवारको ऐतिहासिक महत्वबारे जानकारी गराइएको उनले बताए ।

मकवानपुरगढी र गोरखा दरवारको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले भने, ‘राज्य एकीकरणका क्रममा मकवानपुरगढी दरवारमा युद्ध जित्न कठिन भएपछि पृथ्वी नारायण शाहले चतु¥याईपूर्वक ज्वाँइको सम्बन्ध गाँसेर त्यहाँको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेपछि आक्रमण गरेर त्यो राज्य जितेका रहेछन् ।’ मकवानपुरगढी र गोरखा दरवारको ऐतिहासिक सम्बन्धको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ साइकल यात्रा गरिएको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्