
चुमनुव्री गाउँपालिका अध्यक्ष लामा सम्मानित
उत्तरी गोरखाको चुमनुब्री क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गर्न योगदान पु¥याउने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सम्मानित भएका छन् । श्याग्या अभियान्ता समेत रहेका उनलाई २५६८ औं बुद्ध जयन्ती एवंम लुम्बिनी दिवस २०८१ को अवसर पारेर बिहीवार लुम्बिनी बिकास कोषले सम्मान गरेको हो ।
बुद्धले देखाउनु भएको मार्ग, उपदेश तथा शिक्षालाई विभिन्न माध्यमबाट विश्वव्यापी रुपमा प्रबद्र्धन गरेको भन्दै कदर पत्रले उनलाई सम्मान गरिएको हो । बिहीवार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले उनलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
‘चुम क्षेत्रमा बसोबास गर्ने चुम्बा आदिवासी जनजाती समुदायले आफ्नो भूमि र भू–क्षेत्रमा रहेका वनजंगल, जीवजन्तु र प्राणीको रक्षाका लागि अवलम्वन गर्दै आएको श्याग्या परम्पराले सदियौदेखि पु¥याएको योगदानलाई निरन्तरता दिनका लागि अभियान्ताको रुपमा यहाँले पु¥याउनु भएको महत्वपूर्ण योगदानको कदर गदछौं,’ लामालाई दिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
भविष्यमा समेत थप उल्लेखनिय योगदानको अपेक्षा गरिएको लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा (खेन्पो छिमे) ले बताए ।




