
विना दर्ता संचालनमा रहेका बारपाक सुलिकोटका पसलहरु बन्द गरियो
विना दर्ता संचालनमा रहेका बारपाक सुलिकोट गाउँपालिकाका पसलहरु बन्द गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय नेतृत्वको बजार अनुगमन टोलीले बुधवार ६ वटा पसल बन्द गराएको हो ।
‘वडा नम्वर ६, ७ र ८ का पसलहरु अनुगमन गर्दा केही विना दर्ता संचालन भएको पायौ,’ अनुगमन टोली संयोजक एवं पर्यटन तथा उद्योग कार्यालय प्रमुख सूर्य भुजेलले भने, ‘ती पसलहरु बन्द गरियो ।’ एक हप्ताभित्र दर्ता गरेर पसल तथा व्यवसाय संचालन गर्न निर्देशन समेत दिइएको उनले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकांश पसलहरुमा मूल्यसूचि र साइनबोर्ड नभेटिएको उनले बताए । उनका अनुसार मूल्यसूचि टाँस गर्न र साइनवोर्ड राख्न पनि निर्देश गरिएको छ । टोलीले किराना, होटल, औषधी, हार्डवयर लगायतका पसलहरुको अनुगमन गरेको थियो ।




