| मङ्लबार, कार्तिक २४, २०८३

छेवेटारमा पञ्चेबाजा बजाउने तालिम संचालन

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा पञ्चेबाजा बजाउने तालिम संचालन गरिएको छ । वडा कार्यालयको आयोजनामा गत मंगलवारदेखि तालिम शुरु भएको हो ।

चार वटा समूह बनाएर तालिम संचालन भइरहेको वडाध्यक्ष प्रदिप कुवँरले बताए । उनका अनुसार एक समूहमा १५ जना सहभागी छन् । ‘प्रत्येक समूहलाई दैनिक दुई घण्टाका दरले तालिम दिएका छौ,’ उनले भने, ‘१५ दिनसम्म तालिम संचालन हुन्छ ।’

वडाको सिपमूलक तालिम कार्यक्रम अन्तरगत विनियोजित एक लाख रकमबाट तालिम संचालन गरिएको हो । परम्परालाई जगेर्ना गर्दै जिविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यले तालिम संचालन गरिएको वडाध्यक्ष कुवँरले बताए ।

‘अहिले उफरमा गित लगाएर नाँच्ने चलन छ,’ उनले भने, ‘पञ्चेबाजाको परम्परा नै लोप होला जस्तो भयो त्यसैले तालिम राखेका हौ ।’ तालिमा ९५ प्रतिशत महिलाहरुको सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्