| मङ्लबार, कार्तिक २४, २०८३

हज यात्रामा सहभागी हुनेलाई पुष्पगुच्छा दिएर बिदाई

गोरखाबाट हज यात्रामा सहभागी हुनेहरुलाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्प गुच्छा दिएर उनीहरुलाई बिदाई गरेका हुन् ।

जिल्लाबाट यो वर्ष १३ जना हज यात्राका लागि साउदी अरवको मक्का र मदिना जाँदै छन् । रहमतुल्ला मियाँ, सुरिला मियाँ, महिबुब मियाँ, सरिफा मियाँ, सम्मदिन मियाँ, सानु बिबी मियाँ, खुर्सिदा मियाँ, पुनरबक्स मियाँ, रजिया बिबी, पिरबक्स मियाँ, हाजरी बिबी, अहमदिन मियाँ र हनिफा बिबी यात्रामा सहभागी छन् । उनीहरुमध्ये ११ जना गोरखा नगरपालिका र २ जना भीमसेनथापा गाउँपालिकाका रहेका छन् ।

गतवर्ष जिल्लाबाट २३ जना हजयात्राका लागि गएका थिए । योवर्ष भने १३ जना मात्र जान लागेका हुन् । उनीहरु जेठ २ गते प्रस्थान गर्ने बताइएको छ । उनीहरु करिब डेढ महिना हजमा सहभागी भई असार १५ गते फर्कने छन् । हजमा सहभागी भएपछि पुण्य कमाइने मुस्लिम समुदायहरुको धार्मिक बिश्वास छ । हज यात्रामा सहभागी हुनेले जनही चार लाख १५ हजार रकम नेपाल सरकारलाई बुझाउनुपर्ने छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाको प्रमुख अतिथ्यतामा भएको बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, पत्रकार महासंघ गोरखाका कार्यबाहक अध्यक्ष नरेन्द्र ढकाल, सहभागीको तर्फबाट रहमतुल्ला मियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्