| मङ्लबार, कार्तिक २४, २०८३

मित्र राष्ट्रका राजदूतावासका सैनिक सहचारीहरुद्धारा गोरखा दरवार र संग्रहालयको अवलोकन

काठमाडौंस्थित अमेरिका, चीन, भारत र पाकिस्तान राजदूतावासका सैनिक सहचारीहरुले गोरखा दरवार र संग्रहालयको अवलोकन गरेका छन् । महासेनानी दर्जाका उनीहरु बिहीवार नेपाली सेनाको हेलिकप्टर मार्फत गोरखा आएका हुन् ।

ठिगुरेस्वाँरास्थित नाम्जाली डाँडामा हेलि ल्याण्ड गर्नुभयो,’ रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले भने, ‘त्यहाँबाट गाडी लिएर दरवार र संग्रहालय जानुभएको हो ।’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुखले उनीहरुलाई गोरखा दरवारको इतिहास र पर्यटन प्रवद्र्धनमा दरवारले खेलेको भूमिका बारे बताएका थिए ।

त्यस्तै संग्रहालय प्रमुखले संग्रहालयमा रहेका पुरातात्विक सामग्रीको महत्वबारे जानकारी गराएका थिए । उनीहरुले ठुलोआँगनको इतिहासबारे स्थानीयसँग जानकारी समेत लिएका थिए । बिहान ८ बजे गोरखा आएका उनीहरु करिव साढेँ ११ बजे काठमाडौं फर्केका थिए । उनीहरुको भ्रमण नितान्त अनौपचारिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्