
असिना पानीले पालुङटारको मेवा खेतीमा क्षति
आइतवार रातीको असिना पानीले पालुङटार नगरपालिका–६ चट्याङटारस्थित गाइखुर कृषि फार्मको मेवा खेतीमा क्षति पु¥याएको छ ।
करिव एक हजार बोटमा फलेको मेवामा क्षति पुगेको फार्म संचालक रमेशकुमार श्रेष्ठले बताए । ‘बेच्ने बेला भइसकेको थियो,’ उनले भने, ‘तर हिजो असिना पानी आएर सबै क्षति पु¥यायो ।’
असिनाले मेवामा चोट पुगेको र चोप निस्कन थालेको उनले जानकारी दिए ।
करिव २५ लाख खर्चेर उनले १५ रोनपी क्षेत्रफलमा मेवा खेती शुरु गरेका थिए ।
एक हजार बोटले उत्पादन दिन थालिसकेको थियो । तर बेच्ने बेला भएका मेवाहरु असिनाले क्षति पु¥याउँदा करिव चार लाख घाटा लागेको भन्दै श्रेष्ठले दुखेसो पोखे ।
उनका अनुसार उत्पादित मेवा होलसेलमा प्रति केजी एक सय र खुद्रामा १ सय ५० रुपैयाका दरले बिक्री हुदैँ आएको थियो ।




