
विमलनगरस्थित ट्रायल सेन्टर अनिश्चितकालका लागि बन्द
तनहुँको विमलनगरमा संचालन हुँदै आएको ट्रायल सेण्टर अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था कार्यालय बिमलनगर तनहुँले सूचना जारी गर्दे आफुहरुले लिँदै आएकोे दुईपाङ्ग्रे, चारपाङग्रे, अटोरिक्सा र ट्रयाक्टरको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक (ट्रायल) परिक्षा बिहिबारदेखि लागु हुनेगरी अर्को सूचना नहुञ्जेलसम्मका लागि बन्द भएको बताएको छ ।
बिमलनगरमा ट्रायल परीक्षा बन्द भएपछि गोरखा, तनहूँ, लम्जुङ, मनाङलगायतका जिल्लाका सेवाग्राही प्रभावित भएका छन् ।

आसपासका जिल्लाका सेवाग्राहीहरु लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा दिन अब नवलपुर, पोखरा, काठमाडौँ तथा अन्यत्र जानुपर्ने भएको छ ।
यातायात व्यवस्था कार्यालय तनहुँले ट्रायल परीक्षाका लागि भाडामा प्रयोग गर्दै आएको सिद्ध गुफा ड्राइभिङ ट्रेनिङ सेण्टरले सार्वजनिक जग्गा चर्चेको भनेर उजुरी परेपछि अनिश्चित कालका लागि सेवा बन्द भएको हो ।




