
गोनपा १० मा महिला स्वास्थ्य शिविर सम्पन्न, १ सय ८० जनाले सेवा लिए
गोरखा नगरपालिका वडा नं १० मा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गोरखा नगरपालिका वडा नम्बर १० स्थित बिरिन्चोकको बिरेडाँडाँमा शिविर सम्पन्न भएको हो ।

गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा संस्थाको सदस्य एवं गैर सदस्य महिलाहरुका लागी शिविरको आयोजना गरिएको हो ।
गोरखा नगरपालिका वडा नम्बर १० को आर्थिक तथा संगम मेडिहेल्थ क्लिनिक गोरखाको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरबाट करिब १ सय ८० जनाले स्वास्थ्य सेवा लिएको गोरखा नगरपालिका वडा नं १० की वडा सदस्य सावित्रा थापा मगरले जानकारी दिइन् ।

शिविरमा वरिष्ठ महिला रोग बिशेषज्ञ सुनिता ब्यन्जन्कारको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोलीले निशुल्क स्वास्थ्य परीक्षणका तथा निशुल्क औषधी समेत बितरण गराएको उनले बताइन् ।
स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघर स्क्रेनिङ, भिआईए जाँच, डेण्टल तथा जेनरल ओपिडी सम्बन्धि उपचार गरिएको बताइएको छ ।
शिविरमा परिक्षण गराएका ५० प्रतिशत महिलाको प्रेसर हाइ, मोटोपना भएको र ३५ जना महिलालाई थपउपचार गराउन रिफर गरिएको संगम मेडिहेल्थ क्लिनिकका संचालक संगम श्रेष्ठले जानकारी दिए ।




