
कम्युनिष्टहरु एक हुनुपर्ने एमाले नेता गुरुङको भनाई
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टहरु एक भए मात्र देशको समग्र बिकास सम्भव रहेको बताएका छन् ।
शुक्रबार नेकपा एमाले जिल्ला कमिटि गोरखाको ८ औँ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन आउनु भनेको कम्युनिष्टहरु आफ्नो प्राकृतिक स्वरुपमा आउनु हो’, उनले भने ।
कम्युनिष्ट पार्टीहरु प्रति जनताको वितृष्णा छाएको बताउँदै उनले सबै कम्युनिष्टहरु एक जुट भए मात्र देश बिकास सम्भब हुने बताए ।
अहिले सबै कम्युनिष्ट पार्टीहरु नेकपा एमालेकोे सिद्धान्त अनुरुप अघि बढेको उनले दाबी गरे ।




