| मङ्लबार, कार्तिक २४, २०८३

स्मृती दिवसमा रम्तेलको शालिक अनावरण

माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको २९ औ स्मृती दिवसको अवसर पारेर उनको शालिक अनावरण गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ मा रहेको रम्तेल स्मृती पार्कमा निर्माण भएको उनको शालिकको सोमवार एक कार्यक्रमका बीच अनावरण गरिएको हो । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले शालिक अनावरण गरेका हुन् ।

विविध कार्यक्रम गरी स्मृती दिवस मनाइएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए । दिवसको अवसरमा गाउँपालिकाले तत्कालिन सशस्त्र द्धन्द्धको समयमा विद्रोही र राज्य तर्फबाट घाइते भई राजपत्रमा नाम आएका शहीदहरुको परिवारलाई नगद १० हजार सहित सम्मान गरेको उनले जानकारी दिए ।

दिबसको अबसर पारेर अखिल क्रान्तिकारी र वाइसिएलले रम्तेल पढेको ब्रम्हाचारिणी आधारभुत विद्यालयमा श्रद्धाञ्जली सभा गर्दै बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत वितरण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्