| बुधबार, कार्तिक २५, २०८३

दुर्घटनामा परि एक महिलाको मृत्यु

तनहुँमा दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १० छाब्दी देउराली स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो । साखेबाट दुलेगौडा तर्फ जान आउदै गरेको ग ७ प ६९२४ नं को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १ त ३९९४ नं को ट्याक्टर एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ थप्रेक बस्ने ४५ वर्षीय पिपलकौरी गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए । ट्याक्टर चालक तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्