
बारपाक सुलिकोटले पनि फागुन १ गते सार्वजनिक बिदा दिने
बारपाकसुलिकोट गाउँपालिकाले पनि सर्वोच्चको आदेशविपरित फागुन १ गते जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका छ ।
पालिकाको गत माघ २५ गते बसेको बैठकले उक्त निर्णय गरेको पालिकाको सुचनामा उल्लेख गरिएको छ । जनयुद्ध दिवसको अवसरमा पालिकामा समारोह आयोजना गरिने र शहिदहरुको सम्झँनामा दिप प्रज्वलन कार्यक्रम हुने सुचनामा भनिएको छ ।
जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि गत शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको थियो । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत पुस १३ गते आदेश दिएको हो ।




