
‘दोस्रो आबुँखैरेनी कप २०८०’ सुरु
दोस्रो आबुँखैरेनी कप २०८० सुरु भएको छ । ७ दिनसम्म चल्ने सो प्रतियोगिता शनिबारबाट सुरु भएको हो ।
प्रतियोगिता गोरखा नगरपालिका वडा नं १३ स्थित गोरखकाली रबर उद्योगको मैदानमा भईरहेको छ ।

आयोजक टिम अल स्टार क्लबका अध्यक्ष दिनेश केसीको अध्यक्षता र क्लबका उपाध्यक्ष शुसिल पाण्डेको संयोजकत्वमा प्रतियोगिता सुरु भएको हो । आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले प्रतियोगिताको उद्धघाटना गरेका थिए ।
प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने क्लबका सचिव सुमन श्रेष्ठले बताए । हरेक गेमका म्यान अफ दि म्याचले मायाको चिनो र घडी पाउने उनले जानकारी दिए ।

प्रतियोगिता सात दिनसम्म चल्ने छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश रु दुई लाख र रु एक लाख नगद रकम सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताबाट सर्बाधिक गोल रक्षक रसर्बाधिक गोल कर्ताले पनि पाँच हजार रकम सहित सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव सुमन श्रेष्ठले जानकारी दिए । प्रतियोगिता यही माघ २७ गते सम्पन्न हुने बताईएको छ ।




