| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा बहु बिवाह गरेको आरोपमा दुई जना पक्राउ

गोरखामा बहुविवाहको आरोपमा दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ८ स्थित रानिवनका ४६ वर्षीय ओमबहादुर खत्री र सोहि स्थानकी ३८ वर्षीय सोविता भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

दुवै जनालाई माघ १० गते बुधबार पक्राउ गरिएको उनले बताए । उनीहरुले गत मंसिर १० गते विवाह गरेका थिए ।
सोहि स्थानका सिर्जना खत्रीले ओम बहादुर खत्रीले दोस्रो श्रीमतीका रुपमा भट्टलाई भित्र्याएको भन्दै प्रहरीलाई जाहेरी दिइएकी थिइन् ।

सोहि जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुवै जना विरुद्ध विहिबार बहु विवाह कसूर शिर्षकमा मुद्दा दर्ता भएको छ । दुवै जनालाई गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी म्याद थप अनुमती लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्