
सहिदहरुको सम्झनामा दीप प्रज्वलन हुने
सहिद दिवसको अबसरमा यही माघ १६ गते गोरखा बजारको श्यामसुन्दर स्मृति पार्क बसपार्कमा दीप प्रज्वलन हुने भएको छ ।
नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाईका सभापति प्रमोदजङ कुँवरको अध्यक्षतामा सोमबार बसेको बैठकले सम्पूर्ण सहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्न लागेको हो ।
नेविसंघ द्रव्यशाह बहुमुखी क्याम्पस इकाइले दीप प्रज्वलन कार्यक्रम पहिलो चोटी गर्न लागेको संघका सभापति कुँवरले बताए । दीप प्रज्वलन बेलुका ५ बजे गरिने उनले जानकारी दिए ।




