
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु
गोरखाको पालुङटार नगरपालिका वडा नं. ६ गाईखुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाईखुरका ४८ वर्षीय अनन्त परियारको करेन्ट लागेर मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक एवम सूचना अकिारी रमेश कुमार श्रेष्ठले बताए ।
आफ्नै बारीमा रहेको कटहरको रुखमा घाँस काट्ने क्रममा परियारलाई बिजुलीको मेन लाईनको तारमा घाँसको हाँगाले छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर उनी ८ मिटर तल खसेर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागी लक्ष्मी अस्पताल डुम्रे तनहुँ पु¥याएकोमा बिहीबार दिउँसो साँढे एकबजे उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका थिए ।
पोष्टमार्टम पछि परियारको शव आफ्न्तलाई जिम्मा लगाएको डिएसपी श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको गोरखा प्रहरीले जनाएको छ ।




