| बुधबार, कार्तिक २५, २०८३

हराएको मोवाइल फेला पारी गोरखा प्रहरीले मोवाइल धनीलाई बुझायो

शहिदलखन गाउँपालिका–७ मास्किछापकी विनिता थापाको हराएको ‘आइ फोन १२ प्रो म्याक्स’ मोवाइल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

गत आइतवार मोवाइल हराएको भन्दै थापाले प्रहरीमा निवेदन दिएकी थिइन् ।

सोही निवेदनको आधारमा खोजतलास गर्दा भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा उक्त मोवाइल फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

मोवाइल धनीको सहमति अनुसार वुधवार उक्त मोवाइल थापाकी बहिनी गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी कञ्चन थापा मगरलाई जिम्मा लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्