
बगुवामा गोरु जुधाइ मेला
माघेसक्रान्तिको अवसरमा सोमबार भीमसेनथापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाइ मेला सम्पन्न भएको छ । स्थानीय पाँचवटा समूहरु सम्मिलित माघे सक्रान्ति मेला मूल आयोजक समितिको आयोजनामा सम्पन्न भएको गोरु जुधाइ मेलामा सात हल गोरु जुधाइएको थियो ।
प्रतियोगितामा क बर्गबाट जीवन रेग्मीको गोरु प्रथम भएको थियो भने नेत्र भट्टको गोरु द्वितीय भएको थियो । प्रथम हुने गोरुका धनीले १० हजार र द्वितीय हुने गोरुका धनीले पाँच हजार नगद पुरस्कार पाएका थिए । त्यस्तै ख बर्गको मध्यबाट सानोहजूर भट्टराईको गोरु प्रथम भई आठ हजार र विकास परियारको गोरु द्वितीय भई चार हजार नगद पुरस्कार पाएका थिए ।
मूल आयोजक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न मेलामा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जरा, उपप्रमुख अमृतादेवी वस्ती र नवजागरण भट्ट समाजका अध्यक्ष सीताराम भट्टले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




