| बुधबार, कार्तिक २५, २०८३

सांसद ढकालद्वारा मनकामना बजारमा हेल्थपोस्ट स्थापना गर्न माग

प्रतिनिधि सभाका सदस्य एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले गोरखाको मनकामना बजारमा हेल्थपोस्ट स्थापना गर्न माग गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत समक्ष ज्ञापनपत्र पेश गर्दै ढकालले सो माग गरेका हुन् ।

मनकामना बजारका बासिन्दाको जोडदार माग रहेको र स्थानीयबासी र भक्तजनका लागि मन्दिर आसपास स्वास्थ्य संस्थाको नित्तान्त खाँचो रहेको हुँदा त्यहाँ स्वास्थ्यचौकी अपरिहार्य रहेको सांसद ढकालको भनाइ छ । मन्त्री बस्नेतसमक्ष पेश गरिएको पत्रमा सहिद लखन गाउँपालिका वडा न २ स्थित प्रसिद्ध धामिीक स्थल मनकामना मन्दिरमा दर्शन गर्न दैनिक आउने हजारौं दर्शनार्थी भक्तजनहरु र स्थानीय बासिन्दाको सुविधाका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणसहितको हेल्थपोस्ट संचालनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

आफू केही समयअघि मनकामनाको दर्शन गर्न आउँदा मूल पुजारी इन्सान थापामगर तथा स्थानीयले हेल्थपोस्ट नहुँदाको दुख बारे जानकारी गराएको सांसद ढकालले उल्लेख गरेका छन् । मागका विषयमा प्रतिक्रिया दिँदै मन्त्री बस्नेतले हेल्थपोस्ट संचालनका लागि जनस्वास्थ्य कार्यालय गोरखासंग समन्वयन गरी आवस्यक पहल गर्ने बताएका सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्