| बुधबार, कार्तिक २५, २०८३

दरौंदी लिफ्टिङको पानी साना सहरीको ट्याङकीमा खसाल्न सुरु

मेलिना बराम :
दरौंदी लिफ्टिङ खानेपानी आयोजनाको पानी पृथ्वीनारायण साना सहरी खानेपानी संस्थाको ट्याङ्कीमा खसाल्न सुरु गरिएको छ । केहीदिन अघिदेखि सो आयोजनाको पानी ट्याङकीमा खसाल्न सुरु गरिएको पृथ्वीनारायण साना सहरी खानेपानी संस्थाकी अध्यक्ष सिता खड्काले जानकारी दिइन् । दरौंदी लिफ्टिङको पानी लिए पनि सो पानी अत्यन्त सानो आउने गरेकाले पानी आपूmहरुलाई अपुग हुने उनले बताइन् ।

‘चार दिन भयो पानी आउन थालेको । एउटा औंला जत्रो मात्र आउँछ त्यस्तो पानीले त हामीलाई पुग्दैन’, उनले भनिन् । दरौंदी लिफ्टिङले प्रविधिक समस्याका कारण पानी सानो आउने गरेको जवाफ दिदैं आएको अध्यक्ष खड्काले बताइन् । ‘पानी छोड्नुस् भनेर हामीले गेटभल्व त्यतिकै छोडेका छौं, तर पानी चाहीँ एकदम सानो आएको छ’, उनले भनिन्, ‘हामीले आवश्यकता परिपूर्ति गर्नेजस्तो पानी पाएका छैनौँ । त्यति पानीले हामीलाई पुग्दैंन ।’ पानी फोर्सका साथ छोड्नु प¥यो भनेर आग्रह गरे पनि वास्ता नगर्ने गरेको उनले गुनासो गरिन् ।

‘पानी अलि धेरै छोड्नु प¥यो भनेका छौं, तर उहाँहरुले हाम्रो कुरा वास्तै गर्नुहुन्न । पानी छोड्दै छोड्नु भा’को छैन’, उनले भनिन् । दरौंदी लिफ्टिङले दररेट नतोकिदिएकाले पानी खपत गरे वापतको महसुल पनि नतिरेको उनले दाबी गरिन् । ‘हामीले पानीको महसुल तिरेको छैन् । उहाँहरुले प्रतियुनिट यति भनेर दररेट तोकिदिनु भाको छैन, यति मुल्य भनेर पत्र पनि पठाएको छैन’, उनले भनिन्, ‘त्यहाँबाट यति दररेट हो भनेर पत्र आउनु प¥यो, त्योपत्र नै आ’को छैन । त्यहीँ कारणले महसुल तिर्न नगएको हो ।’ पानी आउँछ भनेर मिटर खुल्ला छोड्ने गरेको समेत उनले जानकारी दिइन् । खुल्ला छोड्दा मिटर आफै हावाले घुम्ने र त्यसको पनि महशुल तिर्नुपर्ने समस्या भएको उनको भनाइ छ । पानी छोड्नुस् भनेर आग्रह गर्दा ‘हुन्छ हुन्छ’ भन्दै टार्ने गरेको अध्यक्ष खड्काले सुनाइन् ।

‘हामीले उहाँहरुलाई भनिरहेका छौं, फोन गर्छौ, पानी अलि ठूलो छोड्दिनुस्, यो हाम्रो मिटर मात्रै घुमाएर किन राख्नु हुन्छ भन्छौँ’, उनले भनिन्, ‘खुल्ला छोड्दा त्यतिकै हावाले मिटर घुम्छ, त्यसको पनि पैसा तिर्नुपर्छ । तपाईहरुले पानी दिनु हुन्छ भनेर हामीले मिटर खुल्ला छोडेका छौं भन्यो, हुन्छ हुन्छ भन्नु हुन्छ । उहाँहरु आफै पनि दुई चोटी हेर्न आउनुभयो, अवस्था उस्तैे छ पानी एकदम सानो छोड्नु भाको छ ।’ आफुहरुले दरौंदी लिफ्टिङको ठेकेदारसँग सोध्दा बन्दैछ केहीदिन पछि मात्रै आवश्यक मात्रमा पानी छोड्ने भनै जवाफ आएको उनले बताइन् ।

‘हामीले त्यहाँको एक जना ठेकेदारसँग सम्पर्क गरेर सोधिरहेका छौं । यहाँ बन्दै छ सानो सानो कामहरु हुदैछ, ठूलो पानी छोड्न चाँही छोड्छम् तर अलि पछि हुन्छ, अहिले बन्दै छ भनेर जवाफ आउँछ’, उनले भनिन् । उपभोक्तालाई संस्थाकै पानी वितरण गरिरहेको उनले जानकारी दिइन् । ‘हाम्रो ट्याङ्की छुट्टै छ उपभोक्तालाई हाम्रै पानी वितरण गरिरहेका छौं’, उनले भनिन्, ‘त्यताबाट आएको पानी जम्मा गर्दैछौँ, भरिएको छैन ।’ यता दरौंदी लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष विनोद अर्यालले भने साना सहरीलाई पानी वितरण गर्न थालेको करिब दश दिन जति भएको बताए ।

‘हामीले साना सहरीलाई पानी दिन थालेको आठ, दस दिन भयो’, उनले भने, ‘पुस सात गतेबाट नै पानी दिन थाल्ने भनेको हो, पाइपिङ र मिटर मिलाउँदा १०/११ गतेदेखि पानी दिन थालेको हो ।’ उनका अनुसार आवश्यकता अनुसारको पानी वितरण भई रहेको जानकारी दिए । ‘अहिले चाहीँ मज्जाले नै पानी दिइरहेका छौँ’, उनले भने । लिफ्टिङको २२ वटा सदस्य संस्थालाई दैनिक साँढेसात लाख लिटर पानी वितरण गर्ने गरेको अध्यक्ष अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्