
गोरखा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाली कांग्रेस गोरखाले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जिल्ला समिति गोरखाको आयोजनामा २० र २१ गते आयोजित पार्टीका जिल्ला, क्षेत्रीय र प्रदेश क्षेत्रीय कार्यसमितिका पदाधिकारीलाई तालिम दिएको सचिव किशोरजङ थापाले बताए ।
उक्त कार्यक्रममा ६४ जना पदाधिकारीहरुको सहभागिता रहेको उनले जानकारी दिए । तालिममा सुरेश आचार्य, कृष्ण पौडेल र राजेश्वर सिंहले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । तालिममा प्रशिक्षण कलादेखि पार्टीको विभिन्न नीति, विधानका बारेमा प्रशिक्षण दिएको उनले बताए ।
प्रशिक्षण गर्ने प्रशिक्षक उत्पादन गर्नका लागि तालिम दिएकोे सचिव थापाले बताए । कार्यक्रमाबाट उत्पादित प्रशिक्षकहरुले वडा÷वडा, गाँउ÷गाँउमा गएर प्रशिक्षण दिने बताएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको साभापतित्वमा कार्यक्रम गरिएको थियो ।




