
गोरखा जेसिज गोरखाको अध्यक्षमा अश्विन ढुङगाना
गोरखा जेसिज गोरखाको अध्यक्षमा अश्विन ढुङगाना चयन भएका छन् । गोरखा जेसिज गोरखाको शनिबार सम्पन्न ४३ औँ अधिवेशनबाट बर्ष २०२४ का लागि अध्यक्षमा ढुङगाना निर्विरोध चयन भएका हुन् ।
कार्यकारी उपाध्यक्ष पदका लागि भने निवार्चन भएको पूर्व अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । कार्यकारी उपाध्यक्षका लागि तीन जना बीच भएको निर्वाचनबाट विष्णु थापा मगर र राजेश श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्क्षयहरु श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सन्दिप ढकाल, सहसचिवमा ताराबहादुर खड्का, सहकोषाध्क्षयमा सन्देश खत्री निर्विरोध निर्वाचित भएका हुन् । वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।




