| बुधबार, कार्तिक २५, २०८३

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अरोपमा एक व्यक्ति पक्राउ

१३ बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका–५ कटरबारीका ३७ वर्षीय नवराज घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा शुक्रवार उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उनी बिरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्