
आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ
आत्महत्या दुरुत्साहन आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–६ कल्लेरीकी ४५ वर्षीया मंगली बिक रहेको प्रहरीले जनाएको छ ।
गत बिहिबार झुण्डिएर आत्महत्या गरेका ४५ बर्षीय जिरबहादुर गुरुङका आफन्तले बिककै कारण आत्महत्या गर्न बाध्य भएको भनी प्रहरीमा जाहेरी दिएपछि बिकलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
‘मृतकका आफन्तले बिभिन्न तरहले मंगलीलाई मानसिक यातना दिएकाले आत्महत्या गर्नुपर्नेसम्मको अवस्था आएको भनी जाहेरी दिएपछि हामीले उनलाई पक्राउ गरेका हौँ,’ उनले भने ।
शुक्रवार पक्राउ परेकी बिक बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुर शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




