
गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा बिकास परियार
गोरखा टेलरिङ व्यवसायी संघको अध्यक्षमा विकास बावु परियार चयन भएका छन् । संघको शनिबार भएको चौथो साधारण तथा दोस्रो अधिवेशनले परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट परियारको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा होमबहादुर परियार, उपाध्यक्ष अमृत छिनाल, दिपक दर्नाल, महासचिवमा नारायण परियार, सचिवमा सस्मिता मास्के, कोषाध्यक्षमा सन्तोष परियार र सह– कोषाध्यक्ष सुस्मा थापा चयन भएका छन् ।
समितिको सदस्यहरु बृन्दा लामा गुरुङ, श्रीकृष्ण परियार, भीमबहादुर परियार र निर्मला छिनाल चयन भएका छन् । कार्यक्रममा संघको महासचिव प्रतिवेदन निवर्तमान महासचिव विकासबाबु परियारले प्रस्तुत गरेका थिए । बाँकी सदस्य पछि थप गर्ने संघले जनाएको छ ।
गोरखा टेलरिङ व्यवसायी संघका निवर्तमान अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सदिस श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सुर्य भुजेल, महासंघका वरिष्ठ उपाध्यक्ष राजमान महर्जन, उपाध्यक्ष पुन महर्जन, हिरामा माया परियार, सोम बहादुर अछामी, महासंघका केन्द्रिय कोषाध्यक्ष प्रताप परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी समिति कास्कीका वरिष्ठ उपाध्यक्ष समिर परियार लगायतको उपस्थिति रहेको थियो ।




