| बुधबार, कार्तिक २५, २०८३

गोरखामा विभिन्न कार्यक्रम गरी क्रिसमस डे मनाइयो

गोरखाका इसाई धर्माबलम्बीले हर्ष उल्लासका साथ क्रिसमस डे मनाएका छन् । इसाई धर्माबलम्बीहरुको बसोबास रहेको जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गरी क्रिसमस डे मनाएको हो ।

अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २५ तारिख इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाएका छन् । सो अवसरमा अन्य धर्मावलम्बीहरुले पनि एक आपसमा सुखी साँटासाँट गरी क्रिसमस मनाएका छन् । क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

इशाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा क्रिसमस मनाइने गरिन्छ । क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । देशका विभिन्न स्थानमा सोमबार विशेष कार्यक्रम गरी यो पर्व मनाइएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्