
खोलखोले तारेभीर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा बाबुराम खत्री
गोरखा नगरपालिका वडा नं ८ मा रहेको खोलखोले तारेभिर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बाबुराम खत्री चयन भएका छन् । शनिबार भएको एघारौँ साधारणसभा तथा अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
अधिवेशनबाट खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कल्पना ढकाल, सचिबमा रामशरण खत्री, सहसचिबमा राजु श्रेष्ठ र कोषाध्यक्षमा भगिरथ केसी चयन भएका छन् । समितिको सदस्यहरु लिला ब खत्री, रंजिता खत्री, सुदिप खत्री चयन भएका छन् ।
बाँकी तीन जना सदस्य अर्को वैठकले थप गर्ने जनाएकोछ । संस्थाका अध्यक्ष बाबुराम खत्रीको अध्यक्षता तथा वडा नं ८ का वडा अध्यक्ष ऋषिराम खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




