| बुधबार, कार्तिक २५, २०८३

गोरखामा अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

अभद्र व्यवहार गरेको आरोपमा गोरखाका दुईजना पक्राउ परेका छन् ।

अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेक बजारका २२ वर्षीय मिलन श्रेष्ठ र लमजुङ जिल्लाका २१ वर्षीय मनोज गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीद्र अधिकारीले बताए ।

उनीहरुले मादक पदार्थ सेवन गरी सोमबार विहान अजिरकोट गाउँपालिका वडा नं ५ मादले गाउँस्थित सार्वजनिक कच्ची सडकखण्डमा सोही स्थानका २० वर्षीय मनु गुरुङ र ३२ वर्षीय कुशम गुरुङलाई गालीगलौजका साथै हातपात गरी घाइते बनाएको उनले बताए ।

पीडित परिवारले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजना विरुद्ध मंगलबार अभद्र व्यवहार कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ । दुवै जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्