| बुधबार, कार्तिक २५, २०८३

धार्मिक पर्यटन प्रवद्र्धनका लागी गोरखपुर र गोरखा नगरपालिकाबीच छलफल

धार्मिक पर्यटन प्रवद्र्धनक गर्ने उदेश्यका साथ गोरखा नगरपालिका र भारतको गोरखपुरबीच भगिनी सम्बन्ध स्थापनाका लागि छलफल शुरु भएको छ । गोरखा नगरपालिका प्रमुख कृष्ण राना सहित कार्यापालिका सदस्यहरु र अन्तराष्ट्रिय गैमाता सेवा महासंघका अध्यक्ष एवं भारतका सामाजिक अभियान्ता डा. दिनेश उपाध्यक्ष बीच आइतबार छलफल भएको हो ।

नगरपालिकाको कार्यालयमा भएको छलफलमा नगरप्रमुख रानाले नेपाल एकीकरणको उद्गम स्थल गोरखा धार्मिक र ऐतिहासिक रुपले महत्वपुर्ण जिल्ला भएकाले गोरखपुरसँग भगिनी सम्बन्ध गास्न आँतुर रहेको बताए ।

गोरखनाथ बाबाको जन्मस्थल गोरखा र कर्मभूमि गोरखपुर भएकाले पनि यसले धेरै महत्व राख्ने उनले जानकारी दिए । गोरखामा धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो अति नै महत्व हुने उनको भनाइ छ ।

तत्कालिन समयमा गोरखपुरमा हरेक वर्ष लाग्ने माघे संक्रान्ति मेलामा गोरखा दरबारबाट विभिन्न अन्न सहितको खिचडी पठाउने परम्परा रहेको नगरप्रमुख रानाले स्मरण गरे । केहि वर्ष यता हटेको सो परम्परालाई निरन्तरता दिनका लागि पहल गरिदिन समेत उनले आग्रह गरेका छन् ।

सो मेलामा गोरखा दरबारबाट पठाएको खिचडी चढाएपछि मात्र अन्य ठाउँबाट ल्याएको खिचडी चढाउने परम्परा रहेको अन्तराष्ट्रिय गैमाता महासंघ नेपालका संयोजक होम ंिसं बस्न्यातले बताए । नेपालमा राजाको शासन अन्त्य भएसँगै सो परम्परा हटेको उनको भनाइ छ ।

कार्यक्रममा अन्तराष्ट्रिय गैमाता सेवा महासंघका अध्यक्ष तथा भारतका सामाजिक अभियान्ता डा. दिनेश उपाध्यायले गोरखपुर र गोरखा नगरपालिका बीच विशुद्ध धार्मिक पर्यटन प्रबद्र्धन गर्न भगिनी सम्बन्ध स्थापनाका लागि पहल थाल्ने बताए । उनले गोरखापुरमा लाग्ने माघे संक्रान्ति मेलामा यो वर्षबाट गोरखा दरबारबाट खिचडी लैजाने परम्परालाई कायम गर्न सम्बन्धित सरोकारावाला पक्षहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसले भारत र नेपाल बीचको रोटीबेटी सम्बन्धलाई थप नजिक बनाउने उनको भनाइ छ । गोरखपुर र गोनपा बीच भगिनी सम्बन्ध स्थापना भए संस्कृतिको आदान प्रदानका साथै धार्मिक पर्यटनमा समेत सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्