
३३ जनाको मोतियाविन्दुको शल्यक्रिया
गोरखा लायन्स आँखा अस्पतालमा ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
मंगलवारदेखि बिहीवारसम्म संचालन भएको शिविरमा २२ जना महिला र ११ जना पुरुषको मोतियाविन्दुको शल्यक्रिया भएको लायन्स आँखा अस्पतालका प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले बताए ।
शिविरमा गोरखासँगै छिमेकी जिल्ला तनहूँका बिरामीहरुले आँखा जाँच गराएका थिए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखा जाँच शिविर संचालन गर्दै आएको छ । शिविरमा मातियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको केन्द्रमा शल्यक्रिया हुने गरेको बताइएको छ ।




