| बुधबार, कार्तिक २५, २०८३

धार्चेमा लैंगिक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

गोरखाको धार्चे गाउँपालिकामा लैंगिक हिंसाकाविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिँसाविरुद्धको १६ दिने अभियानअन्तर्गत धार्चे गाउँपालिकाको आयोजनामा सोमबार एक दिने लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धतता’ भन्ने नाराका साथ विहान माछखोलामा प्रभावफेरी कार्यक्रम भएको थियो ।

माछाखोला प्रहरी इन्चार्जले लैंगिक हिंसा भएमा हुने कानूनी कारबाहीको व्यवस्थाका बारेमा प्रस्तुतीकरण गराएका थिए । कार्यक्रममा पालिकाका योजना अधिकृत रुलबहादुर आलेले लैंगिक हिंसा सम्बन्धी इतिहास लगायतका बारेमा चर्चा गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यताम भएको कार्यक्रममा कार्यापालिकाका सदस्यहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार, आमा समूह, बाल संजालका प्रतिनिधि, बाल क्लव लगायत स्थानीयहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्