
उत्तरी गोरखाको सामागाउँमा हिमपात सुरु(फोटो फिचर)
उत्तरी गोरखामा हिमपात सुरु भएको छ । सोमबार विहान नौ बजेबाट चुमनुब्री गाउँपालिका सामागाउँ वरिपरि हिउ पर्न सुरु भएको सामागाउँ स्वास्थ्य चौकीका लक्ष्मण कार्कीले बताए ।
उत्तरी गोरखामा पहिलो पटक हिउ पर्न सुरु भएको हो । अहिले निरन्तर हिउ पर्ने क्रम जारी रहेको उनले बताए । हिमपात हुदा स्थानीय जनजीवन प्रभावित बनेको छ ।
हिमपातका कारण सर्वसाधारण घरभित्रै छन भने पशुवस्तु चरणमा समस्या भएको छ ।
उत्तरी गोरखामा हिउँ परेसँगै गोरखाको तल्लो क्षेत्रमा पनि सोमबार विहान देखि चिसो बढेको छ ।





तस्बिर : लक्ष्मण कार्की




