
गोरखामा ११ बर्षिया बालिकालाई यौन दुव्र्यवहारको आरोपमा एक पक्राउ
११ बर्षिया वालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ३१ बर्षिय व्यक्ति रहेका छन् । शुक्रवार राती करिव ९ बजेको समयमा उनले नाताले बहिनी पर्ने आफ्नै (काकाकी छोरी) लाई यौन दुव्र्यवहार गरेको भन्दै पीडित वालिकाकी आमाले प्रहरी कार्यालयमा जाहेरी दिएपछि उक्त व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए ।
शनिवार पक्राउ परेका उक्त व्यक्ति बिरुद्ध आइतवार बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




