| बुधबार, कार्तिक २५, २०८३

गोरखामा मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नम्वर ८ गोपालडाँडाका सिताराम नेपाली रहेको प्रहरीले जनाएको छ ।

गत सोमवार साँझ करिव पाँच बजेको समयमा मादक पदार्थ सेवन गरी सोही स्थानकी धनकुमारी बस्नेतलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गर्नुका साथै गाउँघरमा होहल्ला गरी अशान्ति मच्चाएको भन्दै जाहेरी आएपछि नेपालीलाई पक्राउ गरिएको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए ।

‘वुधवार पक्राउ ग¥यौ,’ उनले भने, ‘बिहीवार अभद्र व्यवहार कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस्