| बुधबार, कार्तिक २५, २०८३

गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

बहुविवाह गरेको आरोपमा गोरखामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–६ कमलटारका ४५ बर्षीय हरिबहादुर ढकाल क्षेत्री र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पदमपुर बस्ने ४३ बर्षीय गीता मल्ल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमानले बहुविवाह गरेको भनी हरिबहादुरकी श्रीमती किरण ढकाल क्षेत्रीले प्रहरीमा जाहेरी दिएकी थिइन् । ‘कात्तिक १९ गते श्रीमानले बहुविवाह गरेको भन्दै मंसिर ७ गते किरणले हाम्रो कार्यालयमा जाहेरी दिनुभयो,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘सोही जाहेरीको आधारमा हामीले हरिबहादुर र गीतालाई पक्राउ ग¥यौँ । मंसिर ७ गते नै उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरु बिरुद्ध बहुबिवाह कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्