
आर्थिक लेनदेनमा महोत्सव विवाद मिलाएको घटनाको सत्यतथ्य छानविन गर्न माग
गत असोज २४ गतेबाट हरमटारी खेलमैदानमा भएको वृहत लोकदोहोरी महोत्सवमा आयोजकसँग फेन्सी व्यावसायी संघले अवैधानिक रुपमा आर्थिक लेनदेन गरेको घटनाको सत्यतथ्य छानविन गर्न फेन्सी व्यवसायीहरुले माग गरेका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
महोत्सवको विषयलाइ लिएर आयोजक राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा र फेन्सी व्यवसायी संघ गोरखा बीच भएको विवाद मिलाउनका लागि गोरखा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालाहरुको सहितको वैठकले एक किसिमको सहमति गरेको थियो । तर सहमति विपरीत कार्यक्रम अघि बढाएको प्रति पनि उनीहरुले विरोध गर्दै यसको भत्र्सना गरेका छन् ।
विवाद मिलाउन फेन्सी व्यवसायी संघका अध्यक्षले आर्थिक लेनदेन गरेको कुरा बाहिरिनुले व्यवसायीहरुको गरिमा र प्रतिष्ठामा समेत गम्भीर आँच पुगेको भन्दै उनीहरुले दुखेसो व्यत्त गरेका छन् ।
असोज २४ गते देखि कार्तिक ४ गते सम्म भएको वृहत लोकदोहोरी महोत्वमा फेन्सी व्यवसायी संघ र आयोजक बीच विवाद भएको थियो । विवाद समाधानका लागी नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालाहरुसहितको छलफलले केही निर्णय गर्दै दुवै पक्षबीच लिखित सहमति गराएको थियो । सहमति अनुसार फेन्सी सामग्रीका कुल १३ वटा मात्र स्टल रहने, जसमध्ये ६ वटा जिल्लाका फेन्सी व्यवसायीलाई उपलब्ध गराउने भन्ने थियो ।
सहमतिमा हस्ताक्षर गरेको भोलीपल्टै महोत्सवका अधिकांश स्टलमा फेन्सी आइटम देखेपछि जिल्लाका फेन्सी व्यवसायीले महोत्सव स्थलमा केही वेर लफडा गरेका थिए ।
दुवै पक्षबीचको बल्झिदै गएको विवाद आर्थिक लेनदेनमा मिलेपछि फेन्सी व्यवसायी संघको चौतफी आलोचना भएको थियो । आजोजकसँग फेन्सी व्यवसायी संघले २ लाख ५० हजार रकम लिएको खुलासा भएको थियो ।




