
भूकम्प पीडितका लागि जेष्ठ नागरिक जिल्ला संघद्वारा दुई लाख १६ हजार संकलन
जेष्ठ नागरिक जिल्ला संघ गोरखाले भूकम्पले क्षति पु¥याएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितका लागि राहत सहयोग संकलन अभियान अन्तरगत दुई लाख १६ हजार रुपैयाँ संकलन गरेको छ ।
भूकम्प पिडितका लागि राहत सहयोग संकलन अभियान अन्तरगत जिल्ला सदरमुकाम आसपासमा गत मंगलबार र बुधबार दुई दिने घरदैलो अभियान संचालन गरेको थियो । सो अभियानबाट पन्चानब्बे हजार संकलन भएको जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । उनकाअनुसार हालसम्म जेष्ठ नागरिक संघका १३ जना पदाधिकारीहरुबाट ७५ हजार र पृथ्वीनारायण साना सहरी खानेपानीबाट ५१ हजार १ सय ११ रुपैया जम्मा भइसकेको छ । सबै गरेर कुल दुई लाख १६ हजार रकम सकलन भएको उनले जानकारी दिए ।
अभियानबाट संकलिन सबै रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने गरी जिल्ला प्रशासन कार्यालय गोरखामा बुझाइउने उनले बताए । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पले एकसय ५७ जना भन्दा बढिको मृत्यु भएको थियो भने अर्बौँको धनमाल क्षति भएको थियो ।




