| बुधबार, कार्तिक २५, २०८३

बहुविवाह गरेको आरोपमा गोरखामा दुई जना पक्राउ

बहुविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–९ पिपलटारीका ३३ बर्षीय मनोज गुरुङ र पोखरा महानगरपालिका–३१ की २८ बर्षीया मनकुमारी लामा रहेका छन् ।

घरमा श्रीमती हुदाँहुदै गुरुङले मनकुमारीसँग विवाह गरेको पीडित मार्फत जाहेरी प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

सोमवार पक्राउ परेका उनीहरु बिरुद्ध मंगलवार बहु विवाह कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्