| बुधबार, कार्तिक २५, २०८३

घरको पिढीबाट लडेर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु

घरको पिढीबाट लडेर घाइते भएका सिरानचोक गाउँपालिका–८ माथिल्लो फिनामका भिमु गुरुङको मृत्यु भएको छ । ६८ बर्षीय उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुकी घरको पिढीबाट आँगनमा लडेर उनी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए ।

घटनामा मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शव पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्