| बुधबार, कार्तिक २५, २०८३

मापसे गरी अशान्ति फैलाएको आरोपमा एक व्यक्ति पक्राउ

मादक पदार्थ सेवन गरी गाउँमा अशान्ति फैलाएको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका–९ धुसेनीका ५१ बर्षीय भुमिनन्द ढकाल रहेका छन् ।

‘मादक पदार्थ सेवन गरी गाउँ घरमा जथाभावी गाली गलौज तथा हो–हल्ला गरी अशान्ति फैलाउने तथा वृद्धहरुलाई समेत गालीगलौज तथा हातपात गरेको भनी स्थानीय मार्फत जाहेरी दरखास्त प्राप्त भयो,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘त्यही आधारमा उनलाइ पक्राउ ग¥यौ ।’ आइतवार पक्राउ परेका ढकाल बिरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्