| बुधबार, कार्तिक २५, २०८३

स्थानीयले तहले तिहारमा प्लाष्टिकका फूलमाला र पटका प्रयोगलाई निरुत्साहित गर्ने

गोरखा जिल्लाका स्थानीय तहहरुले तिहार र छठ पर्वमा प्रयोग हुन सक्ने प्लाष्टिकका फूलमाला प्रयोगलाई निरुत्साहित गर्ने बताएका छन् ।

बिहीवार बसेको अन्तर स्थानीय तह समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय तहहरुले आफ्नो पालिकामा प्लाष्टिकका फूलमाला र पटकको प्रयोगलाई निरुत्साहित गर्ने बताएका हुन् ।
उक्त बैठकले यससम्बन्धी निर्णय समेत गरेको छ ।

त्यस्तै विकास निर्माणसम्बन्धी हरेक क्रियाकलाप संचालन गर्दा वातावरणमैत्री विकासमा ध्यान दिने उनीहरुले बताएका छन् । विकास निर्माण तथा आफ्नो स्थानीय तह स्तरीय वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दा दिगो विकास लक्ष्यको राष्ट्रिय र प्रदेश लक्ष्यसँग तादम्यता हुने गरी सञ्चालन गर्ने निर्णय उनीहरुले गरेका छन् ।

राष्ट्रिय योजना आयोगले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनमा तोकेको ढाँचामा आ–आफ्नो स्थानीय तहको वस्तुस्थितिको विवरण तयार गर्ने उनीहरुले बताएका छन् । एक आपसमा समन्वय र सहयोगका साथ विकास निर्माण सम्बन्धी योजना तथा कार्यहरु सञ्चालन गर्दा दिगोपन, मितव्ययिता र प्रभावकारिता कायम गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको अध्यक्षतामा भएको वैठकमा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्