
उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई बिदेशी नागरिकको हेलिबाट उद्धार
उत्तरी गोरखामा लेक लागेर बिरामी भएका दुई बिदेशी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
उनका अनुसार चुमनुव्री गाउँपालिका वडा नम्वर ६ रिप्चेतस्थित लुम्जेन गुम्वा पुगेपछि उनीहरु बिरामी भएका थिए ।
‘लेक लागेर बिरामी भएपछि हेलिबाट उद्धार गर्नुप¥यो भनेर सिफारिसका लागी हामीलाई हिजो बिहान खवर आएको थियो,’ प्रजिअ भुसालले भने, ‘हामीले तत्काल गृहमा लेखेर पठायौ र गृहको अनुमति पनि दियो तर हिजो हेलि आउन सकेन ।’ सोमवार बिहानै हेलिबाट उनीहरुको उद्धार भएको उनले जानकारी दिए ।




