| बुधबार, कार्तिक २५, २०८३

गोरखामा रोटेपिङबाट लडेर एक महिलाको मृत्यु

गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ बर्षीया कल्पना कोइराला रहेको प्रहरीले जनाएको छ ।

सोमवार साँझ करिव ६ बजे पिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत अवस्थाकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागी गोरखा अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्