
बजार अनुगमन : अधिकांश पसल दर्ता नभै संचालनमा, म्याद नाघेका खाद्यान्न बेच्दै व्यवसायी
चाडपर्व सुरु भएसँगै जिल्लामा बजार अनुगमनले तिव्रता पाएको छ । शनिबार आरुघाट बजार अनुगमन गरेको जिल्ला बजार अनुगमन समितिले आइतबार गोरखा नगरपालिकाको विरेन्चोक र छेपेटार बजारको अनुमगन गरेको छ ।
अनुगमनका क्रममा केही पसलबाट म्याद नाघेका खाद्यान्न भेटिएको समिति संयोजक एवं पर्यटन तथा घरेलु कार्यालय गोरखाका प्रमुख सूर्य भूजेलले बताए । ‘करिव ४० हजार मूल्य बराबरको म्याद नाघेँको खाद्य सामग्री भेट्यौ,’ उनले भने, ‘त्यसलाई जफत गरेर नष्ट पनि ग¥यौँ ।’
बिरेन्चोकको रोशनी किराना पसललाई भने कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको उनले जानकारी दिए । समितिले सो क्षेत्रका कपडा, किराना, खाजाघर, खाद्यान्न, मासु, कस्मेटिक लगायतका गरी २४ भन्दा बढी पसलको अनुगमन गरेको हो ।
सो क्रममा अधिकांशले व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, बिल जारी गरी कारोबार नगरेको, पसलमा साइनबोर्ड, मूल्यसूची नराखेको भेटिएको बताइएको छ । आवश्यक कानूनी प्रक्रिया पु¥याउन एक हप्ताको अल्टिमेटम दिइएको र नगरेमा कारवाही गर्ने चेतावनी दिइएको भुजेलले जानकारी दिए ।
त्यस्तै समितिले शनिवार आरुघाट बजारमा गरेको अनुगमनका क्रममा अधिकांश पसलहरु विना दर्ता संचालन भएको भेटिएको छ । केही किराना पसल र होटलमा म्याद नाघेका खाद्य सामग्री र पेय पदार्थ भेटिएको थियो । उक्त सामग्री जफत गरी नष्ट गरिएको समितिले जनाएको छ ।
विना दर्ता भएका केही पसलहरुको सटर समेत लगाइएको समिति संयोजक भुजेलले बताए । व्यवसाय दर्ता गरी आवश्यक कानूनी प्रक्रिया पु¥याउन एक हप्ताको अल्टिमेटम दिइएको उनले जानकारी दिए । आरुघाट गाउँपालिका र समितिले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।




